खाेज्नुहाेस

सेतीमा एकैदिन १९९ कोरोना संक्रमित थपिए, संक्रमणदर ६० प्रतिशत पुग्यो

Image

अत्तरिया – कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालमा एकैदिन १९९ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ३२९ नमूनाको कोरोना परिक्षण गर्दा १९९ संक्रमित थपिएका हुन ।

सेतीमा सोमबार १५६ नमूनाको कारोना जाँच गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको थियो ।

attariya hospital
navjiwan hospital

पछिल्लो केही दिन यता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमण दर पनि उकालो लागेको छ । सोमबार संक्रमण दर ५७ प्रतिशत रहेकोमा आज ६० प्रतिशत पुगेको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने २ जना अस्पतालबाट डिस्चार्ज भएका छन ।

हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।