अत्तरिया – सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक (एसपी) बामदेब गौतमको बिदाई गरिएको छ । उनको आईतबार अत्तरिया स्थित कार्यालयमा आयोजित फेरि भेटौला कार्यक्रम मार्फत विदाई गरिएको हो ।

१७ महिना अगाडी सुदूरपश्चिम आएका गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएको छ ।

विदाई हुँदै एसपी गौतमले सुदूरपश्चिमबसि प्रति आभार प्रकट गरेका छन । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ‘सुन्दर सुदूरपश्चिम र सुन्दर सुदूरपश्चिमबसिलाई हार्दिक आभार प्रकट गर्दै पुन भेट हुने आशाका साथ यसपटक लाई विदामाग्दै । के कति योगदान पुर्याउन सकियो यसको समीक्षा गरिदिनु हुनेछ भन्ने विश्वास राखेको छु । धन्यबाद ।’
अब उनको ठाउँमा नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा कार्यरत प्रविण धिताल आउने भएका छन् ।




















