खाेज्नुहाेस

सुदूरपश्चिममा आज १८४ कोरोना संक्रमित थपिए, ९३ प्रतिशत भारतबाट भित्रिएका

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा आइतबार थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट १ हजार ४ सय ६७ नमूनाको कोरोना जाँच गर्दा १ सय ७७ र पीसीआर बिधिबाट २० नमूनाको कोरोना जाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका कोरोना संक्रमित मध्ये १ सय ७२ जना भारतबाट भित्रिएका छन । जुन ९३ प्रतिशत भन्दा बढी हो ।

attariya hospital
navjiwan hospital

निर्देशनालयका अनुसार सुदूरपश्चिमका ५ नाकाबाट १ हजार ६ सय ९७ जना भित्रिएका भएपनि १ हजार ४ सय ५२ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा गड्डाचौकी नाकाबाट भित्रिएका ९२ जना, गौरीफन्टा नाकाबाट भित्रिएका ७२ जना, झुलाघाट नाकाबाट भित्रिएका ७ र दार्चुलाको जोलजिबी नाकाबाट भित्रिएका १ जनामा संक्रमण पुष्टि भएको छ ।

दार्चलाको पुलघाट नाकाबाट भित्रिएका ११ जनाको पनि कोरोना परिक्षण गरिएको भएपनि सबैको नतिजा नेगेटिभ आएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ६ सय ४७ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार २ सय ४५ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तडछेडेदह – २ का ५२ बर्षिय पुरुष रहेका छन । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय १६ पुगेको छ ।