अत्तरिया – सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १८ सय नाघेको छ । स्वास्थ्य निर्देशनालय डोटीले शनिबार साझ सार्वजनिक गरेको विवरण अनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या १८ सय २ पुगेको हो ।
केही दिन यता संक्रमितको संख्या दिन प्रतिदिन थपिने क्रम बढेको भएपनि डिस्चार्ज हुनेको संख्या न्यून रहेको छ ।


संक्रिय संक्रमित हुनेमा सबैभन्दा बढी कैलालीका रहेका छन । निर्देशनालका अनुसार कैलालीमा एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा ६ सय ४८ र पीसीआर बिधिबाट गरिएको परिक्षणमा ३ सय १ कोरोना पुष्टि भएकाहरु गरी कुल ९ सय ४९ संक्रिय संक्रमित रहेका छन । कैलालीमा शनिबार मात्रै २ सय ७ कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै कञ्चनपुरमा संक्रिय संक्रमितको संख्या ७ सय १८, डोटीमा ३५, बैतडीमा ३२, बाजुरामा २०, डडेल्धुरा १३, दार्चुला १०, बझाङ र अछाममा ४/४ जना रहेको छन । निर्देशनालयक अनुसार १७ जना प्रदेश बाहिरका कोरोना सक्रिय संक्रमित रहेका छन ।
निर्देशनालयको तथ्याङ्क अनुसार संक्रिय संक्रमित मध्ये ३ सय जना मात्रै संस्थागत आइसोलेसन र अस्पतालहरुमा रहेका छन ।


















