अत्तरिया – मोबाइल भित्र लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा गोदावरीका एक युवक पक्राउ परेका छन । लागुऔषध नाइट्राभ्याट सहित गोदावरी नगरपालिका १० दमौराका २३ बर्षिय महेश ताम्राकार पक्राउ परेका हुन ।

प्रहरीले सीमा नाका डोकेबजार चेकजाँच गर्ने क्रममा ताम्राकारले मोबाइलको ब्याट्री राख्ने ठाउँमा लागुऔषध नाइट्राभ्याट ८ वटा चक्की पक्राउ गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत रहेको बोर्डर आउट पोष्ट डोकेबजारमा कार्यरत सशस्त्र प्रहरीले भारतबाट आउने व्यक्तिहरुको चेकजाँच गर्ने गरेको छ ।
ताम्राकारले सादा मोबाइल सेटको ब्याट्री राख्ने ठाउमा लागुऔषध लुकाएको पाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ । पक्राउ परेका ताम्राकारलाई कारबाहीका लागि सशस्त्र प्रहरीले प्रहरी चौकी पचकडियामा बुझाइएको जनाएको छ ।



















