अत्तरिया – सुदूरपश्चिम प्रदेशकै पहिलो रिफ्रेश सेन्टरको उद्घाटन गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका – २ साडेपानी सुख्खडमा निर्माण गरिएको रिफ्रेस सेन्टरको बिहिबार उद्घाटन गरिएको हो ।
सेन्टरको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक पुरुषोत्तम कंडेलले उद्घाटन गरेका थिए ।


लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनका यात्रु तथा चालक, परिचालकहरुलाई थकानबाट छुटकारा पाउन तथा यात्रा सहजिकरण गर्न रिफ्रेश सेन्टर स्थापना गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घोडाघोडी नगरपालिका – २ का वडा अध्यक्ष हरि राज बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रदेश प्रमुख कंडेल रहेका थिए भने बिशिष्ट अथिति सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारी रहेका थिए ।



















