खाेज्नुहाेस

सुदूरपश्चिममा एकैदिन २५४ जनामा कोरोना पुष्टि, संक्रमण दर १५ प्रतिशत

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एकैदिन २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३५ नमूनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टीजेन बिधिबाट १ हजार ६ सय ८ नमूनाको कोरोना परिक्षण गर्दा १ सय ९१ र पीसीआर बिधिबाट १ सय २७ नमूनाको कोरोना परिक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । जुन संक्रमण दर १५ प्रतिशत हो ।

attariya hospital
navjiwan hospital

एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा संक्रमित हुनेमा कञ्चनपुरका १ सय १३ जना, कैलालीका ६५ जना, दार्चुलाका ५ जना, डोटीका ४ जना, बाजुराका २ जना, बैतडी र डडेल्धुराका १/१ जना रहेका छन । त्यस्तै पीसीआर बिधिबाट गरिएको परिक्षणमा संक्रमित हुनेमा कैलालीका ३५ जना, कञ्चनपुरका १७ जना, डडेल्धुराका ५ जना, अछाम, बैतडी, बझाङ, डोटीका १/१ जना र अन्य जिल्लाका २ जना रहेका छन ।

निर्देशनालयका अनुसार संक्रमित मध्ये १ सय ६८ जना भारतबाट भित्रिएका छन । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका बिभिन्न नाकाबाट भित्रिएका १ हजार ४ सय ८३ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये गौरिफन्टा नाकाबाट भित्रिएका ६१ जना, गड्डाचौकी नाकाबाट भित्रिएका १ सय ४ जना र झुलाघाट नाकाबाट भित्रिएका १ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ हजार ४ सय ७९ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार २ सय १४ पुगेको छ ।