खाेज्नुहाेस

एमाले डोटीको अध्यक्षमा भीम रावल निकट मल्ल निर्विरोध

Image

डोटी – नेकपा (एमाले) डोटीको अध्यक्षमा नेता चक्रबहादुर मल्ल निर्विरोध चयन भएका छन् । जिल्लाको आठौं अधिवेशन सुरु भएको ४ दिनपछि सोमबार मल्ल निर्विरोध चयन भएका हुन् ।

४ दिनको छलफल र अभ्यासपछि मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । अध्यक्षमा अर्का नेता लक्ष्मण मलासीले पनि दाबी गरेका थिए ।

attariya hospital
navjiwan hospital

अन्तिममा उनले मल्ललाई नै समर्थन गरेपछि सम्पूर्ण जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
निर्वाचित अध्यक्ष मल्ल एमालेका नेता भीम रावल निकट मानिन्छन् । २०६९ सालमा सम्पन्न जिल्ला कमिटीको सातौं अधिवेशनमा उनी पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा विवादका बेला रावलसँगै उनी माधव–प्रचण्ड पक्षसँग गएका थिए । त्यसबेला केपी ओली पक्षले जिल्ला समन्वय समितिका संयोजक रहेका रामबहादुर ऐरलाई अध्यक्ष बनाएको थियो । उनी मल्ल अध्यक्ष रहेको कमिटीका सचिव हुन् ।

अन्य पदाधिकारीमा उपाध्यक्षमा मञ्जु मलासी, सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा कृष्णबहादुर खड्का र तेजबहादुर डुम्रेल निर्विरोध निर्वाचित भएका छन् ।

पदाधिकारी र सदस्यसहित कुल ८९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको छन् ।