धनगढी – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाएको छ । आउँदो मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरी प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाइएको नेकपाले जनाएको छ ।

सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकबाट सुदूरपश्चिम प्रदेशमा डा. भीम रावललाई इन्चार्जको जिम्मेवारी दिएको छ । सहइन्चार्ज भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, खगराज भट्टलाई चयन गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश संयोजक हरिराम चौधरीलाई जिम्मेवारी दिएको छ । सहसंयोजक लालबहादुर खड्का चयन भएका छन ।

















