नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।

उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी दिइएको पनि उल्लेख गरेका छन्।

‘नेपाली कम्युनिष्ट पार्टीको कार्यविभाजन अन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श बिना सार्वजनिक भएकोले सार्वजनिक रुपमै यति भन्नुपर्ने भयो- सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन,’ आज सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ।’
नेकपाले सोमबार सुदूरपश्चिम इन्चार्जमा भीम रावल र सहइन्चार्ज भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, खगराज भट्टलाई चयन गरेको थियो। साथै सुदूरपश्चिम प्रदेश संयोजक हरिराम चौधरी र सहसंयोजक लालबहादुर खड्का चयन भएका थिए।

















