खाेज्नुहाेस

कञ्चनपुरबाट यौनजन्य दुव्र्यहारको आरोपमा प्रिन्सिपल पक्राउ 

Image

कञ्चनपुर – कञ्चनपुरबाट यौनजन्य दुव्र्यहारको आरोपमा स्कुलका प्रिन्सिपल पक्राउ परेका छन । एक महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपमा रेटिना ईन्टरनेशनल स्कुल मझगाँउका प्रिन्सिपल तिलक भट्टलाई  प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता लाल बहादुर बममा अनुसार महिलाले यौनजन्य हिन्सा बिरुद्धमा प्रहरीमा उजुरी दिएपछि रेटिना ईन्टरनेशनल स्कुल मझगाँउका प्रिन्सिपल भट्टलाई पक्राउ गरिएको हो ।

attariya hospital

भट्ट बिरुद्ध उजुरी परेपछि प्रहरीले घटना बारे अनुसन्धानका लागि नियन्त्रणमा लिएर छानबिन अघि बढाएको प्रवक्ता बमले बताए । ‘महिलामाथि यौनजन्य हिन्सा गरेको उजुरी आयो’  उनले भने ‘पिडित पक्षको उजुरीका आधारमा पक्राउ गरि  अदालतले १५ दिन म्याद थप गरि छानबिन अघि बढाएका छौँ ।’