डडेल्धुरा – एमालेको डडेल्धुरा अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले अन्तिम समयमा सर्मथन गरेपछि साउँद अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।


साउँद यसअघि पनि एमाले डडेल्धुराको अध्यक्ष हुन । जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् ।
अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ ।















