खाेज्नुहाेस

लालपुरमा आजदेखि हुने भनिएको माइलस्टोन मेयर कप बर्षाका कारण स्थगित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा आजदेखि हुने भनिएको माइलस्टोन मेयर कप तत्कालका लागि स्थगित भएको छ ।

माईलस्टोन युवा क्लबको आयोजनामा ‘९ए साइड पुरुष खुल्ला फुटबल प्रतियोगिता २०७८’ हुने भनिएपनि बर्षाका कारण स्थगित गरिएको हो ।

attariya hospital
navjiwan hospital

खैरेनी खेल मैदानमा आयोजना हुने भनिएको प्रतियोगिता लगातारको बर्षाका कारण तत्कालका लागि स्थगित गर्नु परेको क्लवका अध्यक्ष डिल्ली राज भट्टले बताएका छन ।

उनले प्रतियोगिताको लागि अर्को मिति छिटै सार्वजनिक गरिने बताएका छन ।

यसअघि प्रकाशित  सम्बन्धित समाचार : लालपुरमा माइलस्टोन मेयर कप हुने