खाेज्नुहाेस

कैलालीमा जबजस्ती करणी घटना मिलापत्र गराउने वडा सदस्य सहित ५ जना पक्राउ

Image

घोडाघोडी – कैलालीको घोडाघोडीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने वडा सदस्य, पुर्व वडा सचिब सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरकी ७७ बर्षिया बृद्ध महिलालाइ मसिंर १५ गते जबरजस्ती करणी गरेको र सोही पछिल्लो दिन मिलापत्र गराएको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।

navjiwan hospital

पक्राउ पर्नेमा सोही ठाउँका ५३ बर्षिय पूर्व वडा सचिव समेत रहेका यज्ञराज आचार्य, ५४ बर्षिय वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, ५३ बर्षका शिक्षक होम प्रसाद सुबेदी, ३४ बर्षिय राजु भट्टराई र जर्बजस्ती करणी गर्ने ३० बर्षिय प्रकाश सुबेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

attariya hospital

जबरजस्ती करणीको घटना मिलापत्र गराउने अन्य व्यक्ती फरार रहेका र उनीहरुकोे खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
मसिंर १५ गते राती स्थानिय ७७ वर्षिया महिलालाई मदिरा सेवन गरी प्रकाश सुबेदीले खेतमा लगी जर्बजस्ती करणी गरेको आरोप लागेको थियो । घटना सार्वजनिक हुने डरले गर्दा अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर मिलापत्र अनुसार ३ लाख नदिँदा घटना बाहीरिएको हो ।

उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भए पछि सोही दिन प्रतिवादी सहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरू माथि अदालत बाट म्याद थपी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्न र जर्बजस्ती करणी जस्तो घटना मिलाप पत्र गाउनेहरूलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कानुनी कार्वाही हुने बताइएको छ ।