धनगढी – शुक्रबार देखि सुरु भएको एमालेको कैलाली जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि चुनाव हुने पक्का भएको छ । जसका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार दिउसो ३ बजेदेखि ३ः३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले जानकारी दिए । आजै साझ ७ः३० देखि ८ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए ।


आइतबार बिहान ८ः३० बजेदेखि १ः३० बजेसम्म मतदान हुने कार्यतालिका छ । भने दिउँसो ३ बजेबाट मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ । मतगणना सकिए लगत्रै निर्वाचन परिणाम सार्वजनिक गरिने छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष समेत रहेका रतन थापा पुनः अध्यक्षमा दोहोरिने दाबी गरिरहेका छन भने उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरेका छन ।
कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।















