काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा कौसी खेती शुरू गरेका छन् । सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्यले कौसी खेतीको सुरुवात गरेका हुन् ।

उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ । अर्गानिक कौसी खेती जापानी प्रविधिको प्राङ्गारिक मल प्रयोग गरेर शुरू गरिएको हो ।

त्यस क्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।

















