खाेज्नुहाेस

मुक्तक

Image

हातमा चुरा शिरमा सिन्दूर पोते हाली गयो,
पर्ख प्यारी आउँछु भन्दै पराईको पो भयो,
के गल्ती थियोे र पापीले धोका दियो मलाई,
उसकै कारण समाजमा इज्जत माटोमा रयो ।

मेरो हात तिम्रो सिरानी कस्तो हुने हो,
थाहा छैन जिन्दगानी कस्तो हुने हो,
नभन्नु अलछिना कतै ठेस् लागे भने,
भन्दिन म भाग्यमानी कस्तो हुने हो ।

attariya hospital

तिमी माया गर्छौ भन्दैमा कसरी भर पर्नु,
परे भने केटीको जालैमा कसरी भर पर्नु,
के हतार छ तिमीलाई पनि बुझ्नै सकिन,
विहे गरू नभन बालखैमा कसरी भर पर्नु ।

navjiwan hospital

मैले दिएको चिनो ककसलाई दियौं,
भन किन झुटो बोली उनलाई दियौं,
के कमी थियो र भन मेरो मायामा,
सुख जति उनीलाई दुःख मलाई दियौं ।

समाजलाई बदल्न त हैन बिगार्न जानेको छ,
बिगार्नेहरू लाई नै यहाँ ठूलै नेता ठानेको छ,
कस्तो छ है यो दुनियाँ चारैतिर अचम्म लान्छ,
धन रुपैयाँ हुनेलाई आफ्नै आफन्त मानेको छ ।

एकोहोरो भएपनि माया गर्न पाउनुपर्छ,
भन्दिन म उसलाई जीवन बिताउनुपर्छ,
यादहरुका पात्र बनाई राख्ने छु मुटुमा,
आफ्नै नभएपनि के मन मन बुझाउनुपर्छ ।

मलाई जस्तै उनलाई पनि कहिल्यै नरुवाउनु,
मन न हो उनको पनि कहिल्यै नसताउनु,
म देखि धेरै टाढा भयौं तिमीलाई बधाई छ,
धन पैसाको ठूलो महलमा गएछौ रमाउनु ।

बिनिता विश्वकर्मा (बिनु)
ठेगाना : बुढिगंगा नगरपालिका – ९ बाजुरा