खाेज्नुहाेस

तोलामा नौ सयले घट्यो सुन

Image

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ। आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

navjiwan hospital

आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ। यस्तै, तेजाबी सुन तोलाको ९१ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

attariya hospital

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।