खाेज्नुहाेस

धनगढी विमानस्थलबाट चरेससहित एक युुवक पक्राउ

Image

धनगढी – धनगढी विमानस्थलबाट प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय सन्तोष बोहरा रहेका छन ।

navjiwan hospital

उनलाई धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

attariya hospital

प्रारम्भिक अनुसन्धानका क्रममा बोहराले आफूले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् ।