खाेज्नुहाेस

अत्तरियामा एक दिने कन्टेम्पररी डान्स वर्कसप आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरियामा एक दिने कन्टेम्पररी डान्स वर्कसप आयोजना गरिएको छ ।

अत्तरियामा रहेको कोरियो भाईब डान्स हबले उक्त वर्कसपको आयोजना गरेको हो ।

attariya hospital
navjiwan hospital

डान्सका विभिन्न विद्याहरुमा प्रशिक्षार्थीहरुलाई शिक्षा दिने उद्देश्यले डान्स वर्कसपको आयोजना गरिएको कोरियो भाईब डान्स हबका सञ्चालक लोकेश बोहराले जानकारी दिए ।

उनले क्लबले प्रत्येक चोटी फरक फरक डान्स विद्यामा वर्कसप आयोजना गर्ने गरेको बताए ।

वर्कसपमा नेक्सस डान्स स्टुडियो गुलरिया, एबि डान्स स्टुडियो धनगढी र आयोजक कोरियो भाईब हान्स हबका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

सहभागी विद्यार्थीहरुलाई छमछमी टप टेनका कन्टेस्टेन्ट अनिल खत्रीले प्रशिक्षण दिएका थिए । उक्त वर्कसपलाई अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले सहयोग गरेको थियो ।