दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाले विद्यालयको शिशु कक्षामा कार्यरत बालविकास शिक्षक र विद्यालय कर्मचारी १५ हजार तलब दिने भएको छ । महाकाली नगरपालिकाको नवौं नगरसभाबाट माघ १ गते देखी मासिक १५ हजारका दरले तलब उपलब्ध गराउने निर्णय गरिएको हो ।
शनिबार बसेको नवौं नगरसभामा नगर उपप्रमुख सुना बोहराले पेश गरेको बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता बृद्धिको प्रस्ताव बहुमतले पारित भएको छ ।


नगर प्रवक्ता पदम महरका अनुसार प्रस्ताव पारित भए संगै नगरपालिकाका सबै सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारी गरी १ सय १२ जनाले मासिक १५ हजारका दरले तलब भत्ता प्राप्त गर्ने छन् ।
यस्तै नगरसभाले नगरपालिकाको वडा नम्बर ४ र ५ को बजार क्षेत्रमा निर्माणधिन अवस्थामा रहेको बृहत खानेपानी योजनाको जनसहभागित बाफतको उपभोक्ताले तिर्नु पर्ने रकम १ करोड ५० लाख अनुदान दिने निर्णय गरेको गरेको प्रवक्ता महरले बताए ।
यो निर्णय पछि अब नगरबासीले मिटर सहितको धारा निःशुल्क प्राप्त गर्ने भएका छन् ।



















