काठमाण्डौं – नेकपा माओवादी केन्द्रको जारी ८ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमका लागि मतदाता नामावली प्रकाशन भएको छ । माओवादी निर्वाचन समितिले प्रकाशन गरेको नामावलीमा मतदाता १७४२ छन् ।

केन्द्रीय सदस्य चयन सहमतिबाटै हुने नभए निर्वाचनमा जान सकिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचन हुने बताएका छन् ।

प्रचण्डले क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन् । २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रावधान छ । आजै भएको माओवादीको बन्द सत्रले विधान पारित गरेको छ ।



















