खाेज्नुहाेस

राष्ट्रिय सभा निर्वाचनको लागि एमालेले छान्यो सुदूरपश्चिमबाट ९ जनाको नाम

Image

धनगढी – राष्ट्रियसभा निर्वाचनको लागि एमालेले सुदूरपश्चिम प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ ।खुल्ला, महिला र दलित कोटाबाट एमालले ९ जनाको नाम सिफारिस गरेको हो ।

navjiwan hospital

जसमा खुल्लाबाट तीनजना, महिलाबाट तीनजना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरिएको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

attariya hospital

खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको छ । त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लालीराम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन् । त्यस्तै महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन् ।

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पूरा भएको छ । कार्यकाल पूरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट कांग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।