खाेज्नुहाेस

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ बस्ने १९ वर्षिय विमल रानाको दुर्घटनामा परी मृत्यु भएको हो ।

attariya hospital

बिहिबार राती करिब साढे १० बजेतिर बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगर सामुदायिक वन क्षेत्रमा रानाले चलाएको सु.प.प्र ०१–००९ प ३७२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको से ३ प २४ नम्बरको मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

दुर्घटनामा राना सहित उनको मोटरसाईकलमा सवार कृष्णपुरकै १८ वर्षिय सञ्जय राना, १८ वर्षिय मुकेश राना र लालझाँडी गाउँपालिका वडा नं. २ का १६ वर्षिय सन्तोष राना घाईते भएका थिए ।

उनिहरुलाई उपचारका लागि बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा विमल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।

यसैगरी अर्का मोटरसाईकल चालक बेलौरी नगरपालिका वडा नं. ४ शान्तीपुरका ३० वर्षिय हेमलाल चापाँगाई दुर्घटनामा गम्भीर घाईते भएकाले उनलाई थप उपचारका लागी धनगढी पठाईएको उनले बताए ।

दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काले बताए ।