खाेज्नुहाेस

गौरीफन्टा नाकाबाट एक युवतीको उद्धार

Image

धनगढी – कैलालीसँग जोडिएको कञ्चनपुरको गौरीफन्टाबाट बेचबिखनका लागि भारततर्फ लैजादै गरेको अवस्थामा एक युवतीको उद्धार गरिएको छ ।

navjiwan hospital

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुरबाट गौरीफन्टा नाकामा खडा गरिएको चेकप्वान्टको टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका–१ की १९ वर्षीया युवतीको उद्धार गरिएको जनाएको छ ।

attariya hospital

ती युवतीलाई ललाइफकाइ गरेर भारत लगिरहेको अवस्थामा उद्धार गरेर सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको राजिस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गललेलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।