खाेज्नुहाेस

जनआन्दोलका क्रममा हटाइएको राजा वीरेन्द्रको शालिक ठड्याइयो

Image

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । बुधबार स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक ठड्याएको हो । राज वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।

navjiwan hospital

राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन ।

attariya hospital

पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखिदिएको हो ।

राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको जानकारी दिए । उनले भने, ‘राजाको इतिहास चिनाउका लागि आवश्यक थियो । हाम्रो इतिहास भन्ने कुरा केहो बुझ्नुपर्छ । त्यसैले राखिएको हो ।’