खाेज्नुहाेस

दार्चुला विप्लवद्धारा खलंगा पुलमा ताल्चा

Image

दार्चुला – नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुलमा तालाबन्दी गरिएको छ ।

नेपाल प्रति भारतको हेपाहा प्रवृत्ति बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव) दार्चुलाका कार्यकर्ताहरुले पुलमा ताला लगाएका हुन ।

attariya hospital

बुधबार बिहान पुलको नेपालतर्फको गेटमा ताला लगाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए ।
उनका अनुसार बिहान सात बजेतिर पुलमा ताला लगाइएको हो ।

navjiwan hospital

उक्त पार्टीले विज्ञप्ती जारी गर्दै भारतीय बजारमा नेपाली रुपैयाँ अवमूल्यन, भारतीय सुरक्षाकर्मी र भन्सार कार्यालयले नेपालीलाई अनावश्यक दुःख दिने गरेकाले नेपाली गेटमा तालाबन्दी गरेको जनाएको छ ।

यसका साथै दुबै देशको सहमतिमा सीमा नदीमा तटबन्ध निर्माण गर्नुपर्ने भएतापनि एकलौटी पुनः नदीमा तटबन्ध निर्माण गर्न उद्धत देखिएको विज्ञप्तीमा उल्लेख छ । उक्त विज्ञप्ती विप्लवले पुलको मूल ढोकामै टाँसेको छ ।

बिहान विप्लवले ताला लगाएपनि पुल खुल्ने समयमा प्रहरीले उक्त ताला तोडेको थियो । अहिले पुलमा नियमित आवतजावत भइरहेको छ ।