आशिष बहादुर सिंह/ बझाङ – नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा दिपक बहादूर सिहं चयन भएका छन् । आज बसेको युवा संघ नेपाल केन्द्रिय कार्यालयको बैठकले सिहंलाई सुदूरपश्चिम ईन्चार्जमा चयन गरेको हो ।

प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव समेत रहेका सिहं युवा संघ नेपालको प्रदेश ईन्चार्जमा चयन भएका हुन् ।
प्रदेशको ईन्चार्ज बनेसंगै सिहंले युवाहरुलाई पार्टीमा झन शसक्त बनाउने बताएका छन् ।


एमालेका अध्यक्ष केपी सर्मा ओलीको स्वेच्छाचारीपनका कारण बिद्रोह गर्दै अर्को पार्टी खोल्नुपरेको बताउँदै सिहंले केपीको अहंकारी प्रबृतीका बिरुद्ध हामीसंग युवाहरुको आकर्षण निकै बढेको दावी गरे ।