खाेज्नुहाेस

प्रतिनिधि सभाका लागि कांगेस कैलाली – ४ बाट ७ जनाको नाम जिल्लामा सिफारिस

Image

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ ले ७ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवार हुन आकांक्षीमा आएका नामहरु सबै क्षेत्रिय कार्यसमितिले जिल्लालाई सिफारिस गरेको हो ।

navjiwan hospital

क्षेत्र नं. ४ मा यसअघिका प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर लगायत ७ जनाले उम्मेदवारका लागी पार्टी कार्यालयमा नाम दर्ता गराएका थिए । उम्मेदवारीका लागि नाम दर्ता गरेका सबैलाई बोलाएर वृहत छलफल गरेपनि सहमती हुन नसक्दा सबैको नाम जिल्लामा सिफारिस गरिएको क्षेत्रिय सभापति बसन्त रोकायाले बताए । उनले दर्ता हुन आएका नामहरुलाई क्षेत्रिय कार्यसमितिले रोक्न नमिल्ने भएकाले सबैको नाम जिल्लामा सिफारिस गरिएको बताए ।

attariya hospital

नाम दर्ताका लागि केन्द्रिय परिपत्र अनुसार आईतबार र सोमबार दुई दिन समय तोकिएकोमा ७ जनाले उम्मेदवार हुने भन्दै नाम दर्ता गराएका थिए । जसमा यसअघिका प्रतिनिधि सभा सदस्य बलायर सहित विजय कुँवर, लोकराज पाण्डेय ‘आगो’, दिनेशराज जोशी, नैन सिँ महर, टेक राज जोशी र युवा प्रतिनिधिका रुपमा भुवन महरा रहेका छन ।

यसैगरी राष्ट्रिय सभा सदस्यका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा दत्त भट्ट को नाम सिफारिस गरिएको रोकायाले बताए । त्यसबाहेक समानुपातीक तर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडक सिँ बडैला, गोपाल बहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरिएको उनले बताए ।