खाेज्नुहाेस

गेटा स्थित शहीद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

Image

अत्तरिया – कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ । मंगलबार शिक्षा मन्त्रालयमा बसेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो ।

शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्रा।डा। सुनिल कुमार जोशी र रजिष्ट्रार डा। खेमराज जोशीलाई नियुक्त गरेको सभाका सदस्य डा। डम्बर पालले बताए ।

attariya hospital
navjiwan hospital

यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो ।

सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि ३ जनाको नाम सिफारिस गरेको थियो । रजिष्ट्रार लागि सिफारिस गरिएको २ जनाको नाम वैकल्पिक सूचीमा राखिएको छ ।

सिफारिस समितिले उपकुलपतिका लागि आवेदन नपरेपछि तेस्रो पटक सूचना जारी गरेपछि मात्रै २ जनाको आवेदन परेको थियो । सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक र मङ्सिर २३ गते तेस्रो पटक आवेदन माग गरेको थियो ।

रजिष्ट्रारमा भने पहिलो पटकमै १० जनाको आवेदन परेको थियो ।