खाेज्नुहाेस

सिटी सहकारी अत्तरियाको अध्यक्षमा खड्का चयन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्याम बहादुर खड्का चयन भएका छन ।

शनिबार सहकारीको १० औं साधारण सभाबाट अध्यक्षमा खड्का निर्विरोध चयन भएका हुन ।

attariya hospital
navjiwan hospital

संस्थाको उपाध्यक्षमा दल बहादुर खड्का, सचिवमा प्रकाश देउवा र कोषध्यक्षमा दीपा भण्डारी चयन भएका छन । त्यस्तै सदस्यमा चित्रा विनाडी भट्ट, कल्पना शाह, भानुभक्त भट्टराई, झपट बहादुर खड्का र डम्बर बहादुर कुँवर चयन भएका छन ।

साधारण सभाबाट कल्णाण सिंह बोहराको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । समितिको सदस्यमा देवकी देवी खड्का र तपराज ओझा रहेका छन । सवै पदाधिकारी निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक प्रेम राज भट्टले जानकारी दिएका छन ।

सम्बन्धित समाचार : सिटि सहकारी अत्तरियाको १० औं साधारण सभा सम्पन्न