खाेज्नुहाेस

महामारीका कारण २ वर्षदेखी रोकिएको अत्तरिया महोत्सव यसवर्ष आयोजना हुने

Image

अत्तरिया – पछिल्लो २ वर्ष व्यवसायीहरुका लागी निकै कष्टकर रुपमा विते ।

कोरोना भाईरसको महामारीका कारण लकडाउन हुदाँ सबैभन्दा बढी व्यापारीहरुले सास्ती खेप्नुप-यो । लकडाउनको समयमा बजार नै बन्द हुँदा व्यापारीहरुलाई भाडाको पैसा दिन समेत ऋण खोज्नुपर्ने अवस्था आयो । महामारी रोक्ने अन्य विकल्प पनि नहुँदा सरकारले गरेको लकडाउनको सबैले समर्थन गरे ।

attariya hospital

स्वास्थ्यका लागी व्यापारीहरुले त्यसको समर्थन गरेपनि उनिहरुलाई सटर भाडाँमा लिएर व्यापार गरिरहेका व्यापारीहरुले साहुको भाडाँ तिर्न त परै जाओस घरखर्च चलाउन समेत समस्या भोग्नुप-यो । व्यापारीहरुको व्यापार प्रर्वद्धनका लागी आयोजना हुदै आएका मेलामहोत्सव पनि पछिल्लो २ वर्ष थप्प भए ।

प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आईरहेको अत्तरिया उद्योग वाणिज्य संघले पनि कोरोना को महामारीलाई ध्यानमा राखी पछिल्लो २ वर्ष महोत्सव आयोजना गर्न सकेन । व्यापारीहरुको व्यापार प्रर्वद्धनका साथै प्रदेशकै सांस्कृतिक एवम् मौलिक पहिचानको लागी संघले महोत्सव आयोजना गर्दै आएको थियो ।

कोरोना महामारीका कारण पछिल्लो २ वर्ष यता सञ्चालन हुन नसकेको सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा यस वर्ष भने सञ्चालन हुने भएको छ । महोत्सवलाई यस वर्ष अत्तरिया उद्योग वाणिज्य संघले छैटौ संस्करणका रुपमा आयोजना गर्न लागेको हो ।

‘सम्वृद्ध प्रदेशको आधार कृषि, पर्यटन र ब्यापार’ भन्ने मुल नाराका साथ पुस २७ गतेदेखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुने बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

navjiwan hospital

विगतका २ वर्षमा कोरोना भाईरसको महामारीले गर्दा महोत्सव आयोजना गर्न नसकिएको भएपनि यस वर्ष कोरोनाको महामारी कम भैसकेका कारण रोकिएको अर्थव्यवस्थालाई फेरी चलायमान बनाउन महोत्सव आयोजना गर्न लागेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए ।

यती मात्रै नभई प्रदेशकै प्रवेशद्धारका रुपमा रहेको अत्तरियामा यहाँको कृषि, उद्योग र पर्यटनको विकाश तथा संस्कृतिको प्रर्वद्धन का साथै कोरोना महामारीका कारण सुसूप्त अवस्थामा रहेको यस क्षेत्रको आर्थिक वृद्धिद्धर तथा विभिन्न विकाशका सम्भावनाहरुलाई उजागर गर्न महोत्सव फलदायी सावित हुने उनको भनाई छ ।

सधैजसो लामीताल परिषरमा हुदै आएको महोत्सव यसवर्ष भने अत्तरियास्थित दुर्गामन्दीर पछाडीको खाली मैदानमा आयोजना हुने भएको छ ।  महोत्सवमा १ सय ५० ब्यापारिक स्टल रहने देवकोटाले बताए ।

महोत्सवले सुदूरपश्चिमका विकाशका सम्भावना र अवसरहरुलाई राष्ट्रिय रुपमा पहिचान दिन र विकाश गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।
महोत्सवमा यस वर्ष बिद्यार्थीका लागि सहुलीयत गरी रु. ४० र अन्यका लागि रु. ५० रुपैया प्रबेश शुल्क तोकिएको छ भने महोत्सव प्रबेशमा अपाङ्ग, अशक्त र बृद्धलाई निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

रमाईलो मेला सहित महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका भेषभूषा, कला, संस्कृति, रितिरिवाज, चालचलनलाई प्रस्तुतिका लागि महत्व दिएको महोत्सव आयोजनाका लागि करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा करिब डेढ करोड कारोबार हुने आयोजकको अनुमान छ । बि.स. २०७० सालमा स्थापना भएको अत्तरिया उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको मुख्य प्रबेशद्धार लगायत ओझेलमा रहेका पर्यटकिय स्थललाई पर्यटकिय गन्तब्यको रुपमा स्थापित गरी रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले बि.स. २०७२ सालदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।

महोत्सव सञ्चालनले २ वर्षदेखीको व्यापारीक अर्थतन्त्रलाई पुर्नजिवित बनाउने अपेक्षा लिईएको छ ।