अत्तरिया – सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले प्रदेशका ३ ट्राफिक प्रहरीलाई सम्मानित गरेको छ । प्रदेश कार्यालयले BEST TRAFFIC POLICE OF THE MONTH (उत्कृष्ट ट्राफिक प्रहरी) अवार्डबाट ३ प्रहरीलाई सम्मानित गरेको हो ।
सम्मानित हुनेमा ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार जिवन सिंह भण्डारी, अस्थायी ट्राफिक प्रहरी पोष्ट टिकापुरमा कार्यरत प्रहरी जवान देबेन्द्र बहादुर साउद र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी जवान भुपेन्द्र बहादुर थापा रहेका छन ।


बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रमुख प्रहरी उपरीक्षक बामदेब गौतमले तिनै जनालाई अवार्ड र नगद सहित सम्मानित गरेका थिए ।
प्रमुख प्रहरी उपरीक्षक गौतमले प्रहरी हवल्दार भण्डारीलाई असोज, प्रहरी जवान साउदलाई कार्तिक र प्रहरी जवान थापालाई मंसिर महिनाको BEST TRAFFIC POLICE OF THE MONTH बाट सम्मानित गरेका हुन ।
तिनै जनालाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मानित गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।




















