धनगढी – कैलालीमा लागु औषध सहित २ युवक पक्राउ परेका छन ।

जिल्लाको धनगढी उपमहानगरपालिका – ३ बाट लागु औषध सहित कञ्चनपुरका २ युवक पक्राउ परेका हुन ।

अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका–२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका अनुसार उनिहरुको साथबाट ४१ ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको र दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको छ ।



















