खाेज्नुहाेस

साना किसान कृषि सहकारी मालाखेतीको अध्यक्षमा अवस्थी निर्वाचित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारी संस्था मालाखेतीको अध्यक्षमा तेजराज अवस्थी निर्वाचित भएका छन । मंलगबार भएको संस्थाको २५ औं साधारण सभाबाट अवस्थी सहकारीको संचालन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

उनी चौथो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन । यसअघि उनले लगातार १० बर्ष अध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन ।

attariya hospital

navjiwan hospital

अवस्थीको अध्यक्षतामा साधारण सभाबाट १३ सदस्यीय संचालन समिति निर्विरोध निर्वाचित भएका छन । जसको उपाध्यक्षमा भगवती देवी खनाल निर्वाचित भएकी छिन । सदस्यमा डिल्लीराज खत्री, बल बहादुर चौधरी, पुष्पलाल खतिवडा, जमना देवी भण्डारी, देवकी बिष्ट, राधिका बोगटी, पारभती देवि भट्ट, देवी शाही, देवी शाही, लक्ष्मी रावल, शान्ता भट्ट, कमला कुमारी भण्डारी निर्वाचित भएका छन । समितिमा अधिकान्स पुरानै अनुहार दोहरीएको नवनिर्वाचित अध्यक्ष अवस्थीले बताए ।

यसैबिच साधारण सभाबाट ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । लेखा समितिको संयोजकमा उमा धामी सामन्त र सदस्यहरुमा चेतना भण्डारी र हेमन्ती स्याडा निर्वाचित भएका छन ।

निर्वाचित सबै पदाधिकारीलाई मंगलबार नै एक कार्यक्रमका बिच निर्वाचन अधिकृत देव राज पन्तले सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित समितिको कार्यकाल ४ बर्षको रहने सहकारीले जनाइएको छ ।