खाेज्नुहाेस

सेतीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना निको

Image

अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

सोमबार अस्पतालको प्रयोगशालामा ६५ जनामा गरिएको पिसिआर परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा सोमबार १ जना विरामी भर्ना भएका छन भने ६ जना विरामी निको भई घर फर्र्किएका छन ।

अस्पतालमा २ जना संक्रमितको भने भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।