कञ्चनपुर – चिसो मौषम सुरु भएसँगै कञ्चनपुरमा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ ले वडाका ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को वडास्तरीय कार्यक्रमबाट उक्त वडाभित्रका सामाजिक सुरक्षा भत्ता पाईरहेका ज्येष्ठ नागरिक, ६० वर्ष माथि उमेर समूहका एकल महिला तथा दलित ज्येष्ठ नागरिक गरी ३ सय भन्दा बढी व्यक्तिहरूलाई न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण र निःशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।
उनले वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण र निःशुल्क स्वास्थ्य बिमा गरेको बताए ।




















