खाेज्नुहाेस

गोदावरीका वडा सदस्य खड्का एकीकृत समाजवादी कैलालीको सदस्यमा चयन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ का वडा सदस्य धन बहादुर खड्का नेकपा (एकीकृत समाजवादी) कैलालीको जिल्ला कमिटी सदस्य चयन भएका छन ।

navjiwan hospital

युवा संघ नेपालको केन्द्रिय सदस्य समेत रहेका खड्का नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम कैलाली जिल्ला भेलाबाट जिल्ला सदस्यमा चयन भएका हुन ।

attariya hospital

२०६० सालबाट विद्यार्थी राजनीति सुरु गरेका खड्का २०६५ सालमा एमालेको वडा सदस्य बनेका थिए । उनी एमालेको गोदावरी नगर सदस्य हुँदै हाल जिल्ला सदस्यमा चयन भएका हुन । उनले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए ।