खाेज्नुहाेस

बैतडीमा पौष ६ गतेदेखि बालबालीकाहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईदै

Image

बैतडी – बैतडीमा बालबालीकाहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाईने भएको छ ।

यही पौष ६ गतेदेखि जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने भएको हो ।

attariya hospital
navjiwan hospital

जिल्लामा रहेका विद्यालयमा अध्ययनरत उक्त उमेरसमुहका बालबालीकाहरुलाई खोप लगाईने स्वास्थ्य कार्यालय बैतडीका खोप सुभरपाईजर निरिक्षक हरिश प्रसाद भट्टले जानकारी दिए ।

उनले जिल्लामा रहेका ३२७ विद्यालयहरुमध्ये २७९ ओटा विद्यालयमा खोपकेन्द्र तोकिएको बताए ।

जिल्लामा उक्त उमेर समुहका ३८ हजार ८ सय १२ बालबालीकाहरु रहेका तर खोप भने ३१ हजार ६ सय ४० डोज मात्रै प्राप्त भएको उनले बताए ।

अपुग खोप व्यवस्थापन का विषयमा आइतबार खोप समन्वय समितिको बैठक बसेर छलफल गरिने बताइएको छ ।