दार्चुलमा – भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका अन्दाजी ४५ वर्षीय गजेन्द्रसिंह धामीको भीरबाट लडेर मृत्यु भएको हो ।
पारिवारीक स्रोतका अनुसार फगला फडानी गर्ने क्रममा लडेर धामीको मृत्यु भएको थियो ।

बुधबार राती अवेर सम्म घर नफर्किएपछि खोजतलासी गर्दा शव फेला परेको धामीका आफन्तले बताएका छन ।














