खाेज्नुहाेस

कैलालीमा बस र जीप एक आपसमा ठोक्किँदा २७ जना घाइते

Image

धनगढी – कैलालीमा बस र जीप ठोक्किँदा २७ जना घाइते भएका छन् । बुधबार बिहान लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु प प्र ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आएको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्किएका हुन् ।

navjiwan hospital

ठक्करबाट जीपमा सवार चालक सहित तीन जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जनामध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको र अन्य सवार सकुशल अवस्थामा रहेको प्रहरीले बताएको छ ।

attariya hospital

बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने वर्ष ३४ को गणेश रानाले चलाएका थिए । जिप कृष्णपुर नगरपालिका–६ बस्ने वर्ष ४८ वर्षीय मोतीराम डगौराले चलाएका थिए ।