अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि आधारभूत तह विद्यालयल स्तरिय ‘एभरेष्ट फुटबल टुर्नामेन्ट २०७८’ सुरु भएको छ ।प्रतियोगिताको एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उद्घाटन गरेकी छिन् ।
प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख कडायतले विद्यार्थीको चौतर्फि विकासका लागि खेलकुद एकदमै आवश्यक रहेको बताईन् । उनले विद्यार्थीमा भएका प्रतिभालाई खेलकुदको माध्यमबाट बाहीर ल्याउन सकिने बताइन् ।

‘खेलकदुको माध्यमबाट हेरेक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल हुन सकिन्छ’ उनले भनीन ‘विद्यार्थीले पढेर मात्रै हुँदैन । पढाई संगसंगै विद्यार्थीमा भएका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्नका लागि, विद्यार्थीको चौतर्फि विकास गर्नका लागि खेलको माध्यमबाट ठूलो टेवा पुग्छ ।’
उनले खेलकुदले स्वस्थ्य बनाउन पनि भूमिका खेल्ने भएकाले यो अपरिहार्य रहेको बताइन् ।


कार्यक्रममा बोल्दै प्याब्सन गोदावरीका अध्यक्ष श्याम खत्रीले खेलकुदले विद्यार्थीको स्वास्थ्यको विकास गर्नुका साथैसामाजिक सहिसुणता पनि कायम गराउने बताए । उनले खेलकुदका कार्यक्रमले विद्यार्थीभित्र लुकेका प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने बताए ।
अत्तरियामा रहेको एभरेष्ट एकेडमी, गोदावरी प्याब्सन र न्यु मालिका युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगिता गोदावरी नगरपालिका – ३ मा रहेको न्यु मालिका युवा क्लवको खेल मैदानमा भइरहेको छ ।
अहिले प्रतियोगिताको उद्घाटन खेल आयोजक एभरेष्ट एकेडमी र दुर्गालक्ष्मी माविका बिच संचालन भइरहेको छ ।

खेल संयोजक धर्मराज भट्टले प्रतियोगितामा कैलाली र कञ्चनपुरका १७ निजी विद्यालयका टिम र १ सामूदायिक विद्यालय गरी १८ टिम सहभागि रहेको र, उनीहरुलाई ४ समुहमा बिभाजन गरिएको बताए । प्रतियोगितामा सहभागि हुनका लागि खेलाडीको उमेरहद १४ बर्ष तोकिएको छ ।
प्रतियोगिता विजेता टिमलाई १५ हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने छ भने प्रतियोगितमा प्रत्येक खेलको म्यान अफ दि म्याच बराबर १ हजार र बेष्ट प्लियरलाई ३ हजार दिने जनाइएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते खेलाइने जनाइएको छ ।



















