खाेज्नुहाेस

कैलालीका अस्पताल तथा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तण

Image

धनगढी – कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

उक्त सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मूना शेर्पाले हस्तान्तण गरिन्।

attariya hospital
navjiwan hospital

खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्योपचार केन्द्र, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका लागि आइसलेण्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, फ्रिजर चेष्ट, आइसप्याकलगायत गरी ३१ लाख ९१ हजार ३४९ बराबरका सामग्री हस्तान्तरण गरिएको सीएसएसडी कैलालीका कार्यक्रम संयोजक जगत उपाध्यायले जानकारी दिए ।

उनले कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तण गरेको बताए। सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री खड्काले खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि हस्तान्तरण गरिएका सामग्रीले सहज हुने बताए । मन्त्री खड्काले भने, ‘अब कुनै नयाँ भेरियन्ट आए पनि त्यसका पनि सबैको सहयोग र सहकार्यमा न्यूनीकरण गर्न सक्छौ ।’

उनले प्रदेश सरकार सीमानाकामा स्वास्थ्य परीक्षणदेखि होल्डिङ सेन्टरलाई चाँडोभन्दा चाँडो सञ्चालन ल्याउन प्रयासमा रहेको उल्लेख गरे । केयर नेपालकी सहायक निर्देशक शेर्पाले विभिन्न विपतमा जहिले पनि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन् ।

रासस