अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शुक्रबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ७१ नमूनाको कोरोना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये एन्टिजेन बिधिबाट ८ सय २२ र पीसीआर बिधिबाट ४९ नमूनाको कोरोना परिक्षण गरिएको थियो । संक्रमित सबै पीसीआर बिधिबाट गरिएको परिक्षणबाट फेला परेका हुन ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय १ पुगेको छ ।


स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना जितेका छन ।यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार ६४ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा कैलालीको कैलारी गाउँपालिका – २ का ८३ बर्षिय पुरुष रहेका छन ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

















