अत्तरिया – बाजुरामा जीपले ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ । हिमाली गाउँपालिका – ६ धुलाचौर बजारमा जीपले ठक्कर दिदाँ स्थानिय २ बर्षिय बालक अंकित रोकायाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका रोकायाको कोल्टी स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

जीप र चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा लिएको जनाइएको छ ।

















