बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका – १ सकारमा जीप दुर्घटनामा परेको हो ।

मृतकको पहिचान खुलेको छैन भने घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताएका छन ।

दुर्घटना पछि चालक फरार भएका छन । घटनाको कारण खुल्न सकेको छैन् ।

















