धनगढी – काँग्रेस सुदूरपश्चिममा पदाधिकारीहरुको मतगणना सकिएको छ ।
शनिबार साँँझ बाट सुरु भएको मतगणना आज बिहान करिब साढे ११ बजेतिर सम्पन्न भएको हो । प्रदेशमा कांग्रेस सभापति शेर बहादुर देउवा र रामचन्द्र पौडेल पक्ष आ–आफ्नो प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।

आज सम्पन्न मतगणनामा देउवा प्यानलबाट प्रदेश सभापतिका उम्मेदवार बनेका विर बहादुर बलायर प्यानल सहित विजयी भएका हुन ।
देउवा प्यानलबाट चुनावी मैदानमा उत्रिएका बलायरले पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिएका नारायण दत्त मिश्रलाई ४ सय ८ मतान्तरले पराजित गरेका हुन । कूल खसेका १ हजार ३ मध्ये बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन भने प्रतिद्वन्द्वी मिश्रले २ सय ८० मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापतिमा पनि बलायर प्यानलबाटै जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन । चौधरीले ६ सय १० र अवस्थीले ५ सय २३ मत पाएका छन् । यसैगरी महामन्त्री र सहमहामन्त्रीमा पनि बलायर प्यानलका उम्मेदवारले फराकिलो जित हात पारेका छन ।
महामन्त्रीमा ६ सय ४८ मत सहित नरनारायण शाह (मनु) र ६ सय ३५ मत सहित मेघराज खड्का विजयी भएका छन् भने सहमहामन्त्रीमा ५ सय २९ मत सहित गोपालदत्त भट्ट, ५ सय ३३ मतसहित चिन्तामणी भट्ट र ६ सय ८६ मत सहित अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन् ।

कुल मत विवरण
कुल खसेको मत : १००३
सभापति
बिरबहादुर बलायर – ६८८ (विजयी)
नारायण दत्त मिश्र – २८०
उपसभापति
गोपाल सिंह गुरुङ – २८१
जनकराज चौधरी – ६१० (विजयी)
मन बहादुर रावल – २६३
लोकराज अवस्थी – ५२३ (विजयी)
हिम बहादुर रावल – १२१
महामन्त्री
नरनारायण शाह मनु – ६४८ (विजयी)
प्रताप गुर्धामी – १३३
मेघराज खड्का – ६३५ (विजयी)
राम बहादुर शाही – ३०३
सहमहामन्त्री
गोपाल दत्त भट्ट – ५२९ (विजयी)
चिन्तामणि भट्ट – ५३३ (विजयी)
नरेन्द्र प्रसाद भट्ट – २१२
पदम राज पन्त – २५४
लक्ष्मण बहादुर शाही – १६४
हर्क बहादुर स्वार – ६८
सहमहामन्त्री
अम्बिका कुमारी चलाउने – ६८६ (विजयी)
खिना भण्डारी – २२३




















