खाेज्नुहाेस

ओमिक्रोन भेरियन्ट परिक्षणका लागि कञ्चनपुरबाट नमूना केन्द्रमा पठाइदै

Image

कञ्चनपुर – ओमिक्रोन भेरियन्ट परिक्षणका लागि कञ्चनपुरबाट नमूना केन्द्रमा पठाउन थालिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकहरू सहित भारतमा देखा परेपछि पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरुको नमूना केन्द्रिय प्रयोगशालामा पठाउन लागिएको हो ।

‘सीमा नाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौं’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारत लगायत मुलुकमा देखा परेपछि नमुना परीक्षण गर्न केन्द्रीय प्रयोगशालामा पठाइने गरिएको छ ।’

attariya hospital
navjiwan hospital

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको उनले बताए । जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पिसिआर रिपोर्टसँगै कोरोना विरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ ।

यसैबिच भारतबाट भित्रिने यात्रुहरुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ । सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमै शंकास्पद यात्रुहरुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण गरिँदै आएको छ ।

‘मलेरिया र कोरोना सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा परीक्षण गरी नतिजा यकिन गरिन्छ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भने, ‘क्षयरोग (टिवी)को परीक्षणका लागि खकार संकलन गरी जिल्लामै रहेको जीन ल्यावमा लगेर परीक्षण गर्छौं ।’ क्षयरोगको नतिजाबारे बिरामीलाई फोनमार्फत जानकारी समेत दिइने गरिएको छ ।