राप्रपा महाधिवेशन : नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै

 

काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ ।

maya metro hospital

भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुन लागेको हो ।

citizen security services

अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूले प्यानल नै खडा गरेका छन् । उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए ।

attariya hospital

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तीकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राले उम्मेदवारी दिएका छन्।

बस्नेतका अनुसार सदस्यमा १४१ मध्ये २६४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षको मतपत्र र पदाधिकारी सहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको छ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.