सरकारले दैनिक २ लाख जनालाई कोरोना खोप लगाउने 

 

काठमाडौं – सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

maya metro hospital

कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो ।

citizen security services

मन्त्रालयले एकैदिन झण्डै ३ लाख जनालाई खोप लगाएको थियो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्याको २८.२ प्रतिशतलाई पूर्ण खोप लगाएको उल्लेख छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.